तपाईँ सुन्दै हुनुहुन्छः

आमाछोरी हत्या आशंकामा तिन युवा पक्राउ

उदयपुर ।  उदयपुरमा भएको आमाछोरी हत्याको आशंकामा स्थानीय तिन युवालाई पक्राउ गरिएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका ९ चौकीवारी बस्ने बर्ष ३० को सारदा कुमारी चौधरी (गोमा) र उनको छोरी बर्ष ९ को रचना चौधरीको हत्या आशंकामा उनिहरुलाई सोधपुच्छको लागि पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढामगरले बताए । एसपी बुढा मगरका अनुसार तिनै जनालाई गोप्य (नाम सार्वजनिक नगर्ने) तरिकाले अनुसन्धान गरिने छ । उनिहरुलाई बिहानै देखि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चौधरी आमा छोरीको गएराती (असोज २५) धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घरमै शब फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button