तपाईँ सुन्दै हुनुहुन्छः

माधव नेपाल र महन्थ ठाकुरको नयाँ दलको सनाखत आज

निर्वाचन आयोग नेपाल

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ ।

विहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्मको समयमा आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ । आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button