तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । अरिगांलको टोकाइबाट रोल्पा नगर पालिका वडा नं. ८ जंकोट निवासी कुशल  प्रवीण पुन मगरको मङ्गलवार मृत्यु भएको हो । 

जङ्गलबाट बाख्रा चराएर घर फर्कँदै गरेका प्रवीणलाई बाटोमा रहेको चिउरीको रुखदेखि निस्किएको कालो अरिङ्गालले टोकेको थियो अरिङ्गालको टोकाइबाट घाइते बनेका उनलाई तत्काल उपचारको लागी जङ्कोट स्वास्थ्य चौकीमा पुराएर प्राथमिक उपचार गरी थप उपचारको लागी रोल्पा अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतक बालकको ठुलो बुवा ध्रुवचन्द्र पुन मगरले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button