तपाईँ सुन्दै हुनुहुन्छः

जनताका गुनासा सुन्न मेयर घर घरमा

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले जनताको घरमा मेयर कार्यक्रम गरेको छ । सो कार्यक्रम अन्तरगत तानसेन नगरपालिका–८, छापमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही पुग्नुभएको छ । तानसेन नगरपालिकाको विकासको अवसरबाट वञ्चित दलित तथा जनजातिको बस्ती रहेको छापमा पहिलो पटक मेयरले जनताको गुनासो सुन्न त्यहाँ पुग्नुभएको हो ।

जनताको घरमा पुगेर नगरप्रमुख अशोक कुमार शाहीले विनाधितो सहुलियत ब्याजदरमा एक करोडसम्म कर्जा प्रवाह गर्दै आएको बताउनुभयो । गरिबी हटाउने र बेरोजगार युवाहरूलाई सीप तथा बीउ पुँजी सहयोग गरी स्वरोजगार तथा रोजगार बनाउन अभियान समेत तानसेन नगरपालिकाले सुरुवात गरेको नगरप्रमुख शाहीले बताउनुभयो ।

कार्यक्रममा स्थानीयले आयआर्जनका कार्यक्रमबाट आफूहरू वञ्चित रहेको बताएका थिए । स्थानीय महिलाहरूले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

नगरप्रमुख शाहीले दलित महिला तथा युवा उद्यमशील बनाउने विनाधितो ऋणको कार्यक्रम रहेको जानकारी दिनुभयो । कृषि तथा पशुपालनबाट गरिब तथा विपन्न परिवारले सुविधा लिनुपर्ने शाहीको धारणा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button