इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम छेउमा पहिरो

सिन्धुपाल्चोक।पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साइडमा ठुलो पहिरोका गएको छ।
गए राति ९ बजे पहिरो देखि आएको पहिरोमा मेगा बैङ्कमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ, भने मानवीय क्षति भने नभएको स्थानीय राजन भुजेलले जानकारी दिनुभयो । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।
निरन्तरको वर्षा पछि आएको पहिरोले मेलम्ची भेताङ्ग जोड्ने मोटर बाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिंड्न् समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताउनुभयो । असार १ र त्यसपछिका बाढी पहिरोले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठुलो भएको ,पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्