वीरगंजमा तपाईको मास्क खोइ अभियान शुरु

वीरगंज । मुलुकको प्रमुख नाका वीरगंजमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै मास्क लगाउने अभियानलाई अझ प्रभावकारी रुपमा बढाउने उद्देश्यले तपाईको मास्क खाई ? अभियान शुरु गरिएको छ ।
देशभर कोभिड संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन वीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत तपाईको मास्क खोइ ? अभियान शुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
कार्यक्रममा तपाईको मास्क खोइ ? भन्ने चेतनामुलक नारा अङ्कित फित्ता, ट्राफिक प्रहरीलाई लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे कार्यक्रमको शुभारम्भ गर्दै कोरोना सङ्क्रमणबाट जोगिन मास्क लगाउनु अनिवार्य भएको कुरामा जोड दिनु भएको थियो ।

अभियान अन्तरगत आज बिहान वीरगंजको घण्टाघरबाट चेतना मुलुक र्याली तथा प्रभात फेरिको आयोजना गरिएको थियो । र्यालीले नगर परिक्रमा गर्नुका साथै मास्क नलगाउनेहरुलाई मास्क लगाउनका लागि आग्रह गर्दै मास्क वितरण समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो ।
प्रहरी उपरीक्षक पाण्डेले मास्क नलगाउनेलाई आगामी दिनमा कारबाही समेत गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली सेना चण्डीप्रसाद गण वीरगंजका निमित्त प्रमुख नैना बस्नेत लगायत विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्