एमाले स्थायी कमिटी बैठक मङ्गलवार बस्ने

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलवार बस्ने भएको छ ।
सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरू पनि उपस्थित हुने जनाइएको छ ।
विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।
उहाँहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलवार ११:०० बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्