बाराका १६ स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बारागढी गाउँपालिकाको
बारा । महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनका अनुसार बारामा रहेको १६ स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु बारागढी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी कोल्हबी नगरपालिकाको रहेको छ ।
महालेखा परीक्षकको कार्यालय का अनुसार बारागढी गाउँपालिकाको बेरुजु जिल्ला कै सबै भन्दा कम १.१७ प्रतिशत रहेको छ । जिल्ला मै सबैभन्दा कम बेरुजु र सुशासनमा जिल्लामै उत्कृष्ट भए पछि गाउँपालिकाले आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना मातहतका कर्मचारी र सहयोगी लाई धन्यवाद व्यक्त गरेको छ ।
बारामा २ उपमहानगरपालिका, ५ नगरपालिका, ९ गाउँपालिका रहेका छन् । महालेखा को प्रतिवेदन का अनुसार दुई उपमहानगर मध्ये कलैया उपमहानगरपालिकाको बेरुजु ४.८० प्रतिशत र जितपुर समरा उपमहानगरपालिका को ८.१७ प्रतिशत रहेको छ । त्यस्तै ५ नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु कोल्हवी नगरपालिका को रहेको छ ।
कोल्हवी को ११.६४ प्रतिशत रहेको छ भने पचरौता नगरपालिकाको ६ प्रतिशत , सिम्रौनगढ नगरपालिकाको ३.७५ प्रतिशत , महागढीमाई नगरपालिका ५.९५ प्रतिशत ,निजगढ नगरपालिकाको ९.६८ प्रतिशत रहेको छ ।त्यस्तै ९ गाउँपालिका मध्ये सबै भन्दा बढी बेरुजु करैयामाई गाउँपालिका को छ । करैयामाई को १०.८२ प्रतिशत ,प्रसौनी गाउँपालिकाको १०.४८ प्रतिशत , देवताल गाउँपालिका को ९.२१ प्रतिशत , सुवर्ण गाउँपालिका को ७.५१ प्रतिशत ,आदर्श कोतवाल गाउँपालिकाको ३.१४ प्रतिशत ,विश्रामपुर गाउँपालिकाको ९.०२ प्रतिशत ,फेटा गाउँपालिकाको ३.४८ प्रतिशत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्