पाल्पामा मनाइयो गाईजात्रा

पाल्पा । कोरोना कहरकै बीच पाल्पामा गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बस्ती रहेको तानसेनमा विगतका वर्षहरूमा जस्तो चहलपहल नभए पनि पाल्पाको सदरमुकाम तानसेनमा गाईजात्रा निकालिएको हो ।
कोभिड–१९ को सङ्क्रमणको कारण गाईजात्रामा उत्साहजनक सहभागिता नभए पनि सहभागी गाईजात्रामा आफन्त इष्टमित्रको सहभागिता विना साङ्केतिक रुपमा गाईजात्रा मनाइएको हो ।
तानसेन नेवारी कला संस्कृतिको धनी भएपनि गतबर्ष देखी कोरोनाको कारण जात्राहरूलाई सीमित बनाइएको छ । विगतका वर्षहरूमा तानसेन बजारभरि गाईजात्रा डुलाउने गरे पनि यस बर्ष भने शितलपाटी, दरबार क्षेत्रमा मात्र गाईजात्रा डुलाइएको छ । तानसेनमा नेवारी कला संस्कृतिको सिको गर्दै अन्य समुदायले पनि गाईजात्रा निकालेका छन् । तानसेनमा गत बर्ष देखि जात्रा खासै भएका छैनन् ।
राजा प्रताप मल्लले आफ्नी रानीको शोक लाई भुलाउन, शहर बजारमा अरू पनि मानिस मरेका छन्, तिनको लेखाजोखा राख्न मृतकको घरपरिवार बाट गाईजात्रा निकाल्ने शुरुवात गरेको भनाई रहेको छ ।
कोरोना सङ्क्रमणको कारण परम्परागत कला संस्कृती नै लोप हुने हो कि भन्ने चिन्ता थपिएको पाल्पाका बुद्धिजिवीहरुले चिन्ता छ ।








प्रतिक्रिया राख्नुहोस्