पाल्पामा २७ जना कोरोना सङ्क्रमित थपिए
पाल्पा । पाल्पामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै पाल्पामा २ सय ६१ जना कोरोनाका सक्रिय संक्रमितहरु पुगेका छन् ।
एन्टिजेन परीक्षणमा १९ जना र पिसिआर परीक्षणमा ८ जनामा कोरोना सङ्क्रमित थपिएका हुन् ।
४८ जनाको पिसिआर परीक्षणबाट ८ जना र १ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या ९ हजार ५ सय २९ पुगेको कार्यालयले जनाएको छ ।
२४ घण्टामा थप ५९ जना निको भएर घर फिर्ता भएका छन् ।
पाल्पामा अहिलेसम्म २ सय १६ जना कोरोना सङ्क्रमितहरूको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्