तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको बेरुजु ६० करोड ४१ लाख

पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ६० करोड ४१ लाख रुपैयाँ बेरुजु निस्किएको छ । 

उक्त बेरुजु रकम सात प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा कम हो ।  

३० अर्ब ७४ करोडभन्दा बढीको लेखा परीक्षण गर्दा  ६० करोड ४१ लाख रुपैयाँ अर्थात् १.९६ प्रतिशत बेरुजु निस्किएको हो । 

महालेखाले बेरुजु मध्येको ४ करोड २६ लाख रुपैयाँ असुल गर्न भनेको छ भने बाँकी बेरुजु रकमको कागजी प्रक्रिया पुरा गर्न भनेको छ । 

प्रमाण कागजात पेस गर्नुपर्ने २८ करोड ८८ लाख ५७ हजार, अनियमित भएको १२ करोड २० लाख ७५ हजार र पेस्की बाँकी १४ करोड ५६ लाख ९७ हजार रहेको छ । 

०७५÷७६ सम्म गण्डकी प्रदेशमा १ अर्ब ६४ करोड ४८ लाख १६ हजार बेरुजु देखिएकोमा ७० करोड ९१ लाख ७९ हजार फर्स्यौट भई ९३ करोड ५६ लाख ३७ हजार बाँकी रहेको थियो । 


६० करोड ४१ लाख थप भएपछि गण्डकीमा कुल बेरुजु रकम १ अर्ब ५३ करोड ९७ लाख ३७ हजार कायम भएको छ । 

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । 

उक्त मन्त्रालयमा ३८ करोड ६८ लाख बेरुजु रहेको छ । त्यसमध्ये ३ करोड २९ लाख ८१ हजार रुपैयाँ तत्काल असुल गर्न महालेखाले भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button