२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छः राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताउनुभएको छ ।
चितवनको भरतपुर अस्पतालमा आज आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र प्यारा मेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको र सरकारी अस्पतालहरूमा साधन, स्रोत र जनशक्ति अभाव हुन नहुनेमा जोड दिनुभयो ।
आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताउनुहुँदै राज्यमन्त्री श्रेष्ठले पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्