मोटरसाइकल दुर्घटनामा पत्रकार राईको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा मोटरसाइकल दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु भएको छ ।
माप्य दूधकोशी गाउँपालिका–५ कागतेमा मोटरसाइकल दुर्घटना हुँदा माप्य दूधकोशी–२ का ३० वर्षीय पत्रकार सुमन राईको मृत्यु भएको हो ।
सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
वर्षा भइरहेकाले रेनकोट ओढेर हिँडेका राईले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि एक्कासि उनले ओडेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलको पछाडिको चेन र टायरमा बेरिएपछि ढलेको र रेनकोट घाँटीमा पासो लाग्दा घटनास्थलमै मृत्यु हो ।
घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतकको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा भने चोट छैन ।








प्रतिक्रिया राख्नुहोस्