तपाईँ सुन्दै हुनुहुन्छः

ऋषितर्पणी/जनैपूर्णिमा पर्व (फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्ने गर्दछन् । यसरी गुरुहरूबाट मन्त्रिएको डोरो वा जनै धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

जनै पूर्णिमा तथा रक्षाबन्धनका अवसरमा ललितपुरको बङ्गलामुखी क्षेत्रबाट लिएका तस्बिरहरू :

ललितपुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा ।
ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा बिक्रीका लागि राखिएको कानमा लगाउने झुम्का किन्दै युवती ।
जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित ।
जनै पूर्णिमाका दिन आइतबार ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा ।
ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।
जनै पूर्णिमाक दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।
पूर्णिमाक दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।

तस्बिरहरु : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button