तपाईँ सुन्दै हुनुहुन्छः

इन्टर मिलानको विजयी सुरुवात

काठमाडौँ । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद् सुरुवात गरेको हो ।

इन्टरको जितमा मिलान स्क्रिनियर, हाकान कलआनोग्लु, अर्टुरो भिडाल र इडीन डेज्कोले एक–एक गोल गरे । यस जितसँगै इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जिनोआले भने हारबाट सुरुवात गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button