तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । देशभर आज २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

७ हजार ७ सय ३ नमुनाको पिसिआर परिक्षण गर्दा १ हजार ४ सय २४ जना र ५ हजार ३ सय ७२ नमुनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । 

आज २ हजार ३ सय ८२ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म ९३ दशमलव ३ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमणका कारण आज थप ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय ८५ पुगेको छ ।

देशभर रहेका ३९ हजार ३ सय २१ सक्रिय सङ्क्रमितमध्ये ७ सय १८ जनाको सघन उपचार कक्षमा र १ सय ६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button