पाल्पामा थप ८५ जना कोरोना सङ्क्रमित निको
पाल्पा । पाल्पामा शनिबार थप ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा ४४ जना महिला र ४१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निको हुनेमा माथागढी गाउँपालिकाका २५, रामपुर नगरपालिकाका १३, रिब्दिकोट, रम्भा र पूर्बखोला गाउँपालिकाका ४–४, रैनादेबी छहरा गाउँपालिकाका ५, बगनासकाली गाउँपालिकाका ९ र तानसेन नगरपालिकाका २१ जना रहेका छन् ।
जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ रहेको छ भने कोरोना सङ्क्रमणकै कारण जिल्लामा २ सय १५ जनाको ज्यान गइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्