तपाईँ सुन्दै हुनुहुन्छः

कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालनमा

सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढी र पहिराले कटान गरी अवरुद्ध भएको कोदारी राजमार्ग  आंशिक रूपमा सञ्चालनमा आएको छ । 

महिना दिनदेखि सडक खुलाउन प्रयास गरिएको भएपनि सडक मर्मतपछि आजबाट आंशिकरुपमा सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन कार्यालय चरिकोटका  इन्जिनियर विजय महतोले केही साता भित्र राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयो  । लिपिङपुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जाली गाह्रो उठाइएको उहाँले बताउनुभयो  ।

नेपालीहरूको महान् चाड पर्व दसैँ र तिहार नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामानको सहज आयातका लागि पनि तातोपानी नाका सुचारु गरिनुपर्ने आवश्यकता रहेकाले तदारुकताका साथ काम भइरहेको महतोले बताउनुभयो ।

चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ । आयात पनि सहज ढङ्गले भएको छैन। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button