कोरोना सङ्क्रमणबाट कलाकार शम्भु थापाको निधन

काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।
एक महिना अगाडि कोरोना भाइरस संक्रमण भई पाटन अस्पतालमा उपचाररत थापाको ६४ वर्षको उमेरमा शनिबार बिहान ४ :४० बजे निधन भएको हो ।
थापाले हास्य टेलिश्रृंखलाहरू हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमा अभिनय गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्