तपाईँ सुन्दै हुनुहुन्छः

सदस्यमा दोहोरोपना नहुने गरी लघुवित्तका शाखा खोलिने

काठमाडौँ । माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालले शाखा कार्यालय विस्तार गर्दा सदस्यमा दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । 


संस्थाको आज सम्पन्न अन्तरक्रियापछि जारी संयुक्त विज्ञप्तिअनुसार कर्मचारीको नियुक्ति गर्नु पूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने र कर्मचारीको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गरी समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ । 


सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शी रुपमा कारोबारको जानकारी गराउने, अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता परीक्षणको प्रभावकारिता वृद्धि गर्ने सहमति भएको संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button