तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप पोखरामा हुने

पोखरा । पोखरामा छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” हुने भएको छ । 

प्रतियोगितामा देशभरबाट करिब  दुई हजार खेलाडीको सहभागिता हुने भएको छ  । 

आगामी फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा आयोजना हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैतर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ, गण्डकी प्रदेशका उपाध्यक्ष तारा माया थापा मगरले जानकारी दिनुभएको छ । 

पोखरामा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई मेडल, प्रमाण पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको सङ्घले जनाएको छ । 

यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रमको संयोजक समेत रहनुभएका मगरले बताउनुभयो । 

प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने ।

पोखरमा आउने खेलाडीहरूलाई आवास तथा सम्पूर्ण सुविधाहरू निःशुल्क  गरिएको संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरले  बताउनुभयो  ।

प्रतियोगिता सञ्चालन गर्दा  करिब एक करोड खर्च अनुमान गरिएको छ ।  प्रतियोगितामा नेपाली हाप्किडोका खेलाडीलाई फेरी सक्रिय बनाउन प्रतियोगिता महत्त्वपूर्ण साबित हुने विश्वास आयोजक रहेको छ । 

अहिले “नेपालमा कोरोना महामारीले सङ्घको गतिविधिलाई प्रभावित बनायो,” खेलाडीको स्तर वृद्धि गर्दै यसबाट पार पाउन र सक्रिय हुन हामीले यो प्रतियोगिता आयोजनाको तयारी गरेका हौँ घर्ती मगरले भन्नुभयो । 

सङ्घ गण्डकी प्रदेशका अध्यक्ष एमवी आस्थाले प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने भएकोले प्रतियोगिता सफल बनाउन सबैको सहयोगका लागि आह्वान गर्नुभयो । 

सङ्घले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, स्वस्थ, खेलप्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन अघि बढेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button