कञ्चनपुरमा गाउँले मिलेर मिर्गौला पीडितको उपचार गर्दै

कञ्चनपुर । कञ्चनपुरमा आर्थिक अभावका कारण मिर्गौलाको उपचार गराउन नसकेका व्यक्तिको उपचारका लागी सिङ्गो गाउनै जुटेको छ । जिल्लाको भीमदत्त नगरपालिका १३ पिपरैयाका युवा जय बहादुर ठगुन्नाको दुवै मिर्गौलामा खराबी आएपछि उनको उपचारका लागि समस्या भएपछि आर्थिक सहयोग जुटाएर उपचार गराउन सिङ्गो गाउँले नै जुटेका छन् ।
लामो समयदेखि बिरामी रहेका जय बहादुरको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,। उनका दुवै मिर्गौला काम नलाग्ने भएका र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले गाउँले मिलेर आर्थिक सहयोग अभियानमा जुटेका अभियानका संयोजक भोज ठगुन्नाले बताएका छन् ।
मिर्गौला पीडित जय बहादुर ठगुन्नाको जीवन रक्षार्थ आर्थिक सहयोग सङ्कलन अभियानका सदस्य एव गाउँका समाजसेवी युवा महेश भट्टले आर्थिक अभाव भएका ठगुन्नाको जीवन रक्षाका लागि स्थानीय नागरिक अग्रसर भएको बताए । उनका अनुसार श्रीमतीकै मिर्गौला दिएरै भएपनि प्रत्यारोपण गर्नुपर्ने बताए ।
मिर्गौला पीडित जय बहादुर ठगुन्नाको जीवन रक्षार्थ आर्थिक सहयोग सङ्कलन अभियानका संयोजक भोज ठगुन्नाले विपन्न नागरिक आर्थिक अभावमा जीवन मृत्युको मुखमा पुगेकाले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइबाट आर्थिक सहयोग सङ्कलन गरेर उपचार गरिने बताए ।
आज सम्म करिब १ लाख १७ हजार बढी रकम घर दैलो अभियानबाट सङ्कलन गरिएको र केही रकम बैङ्कमा समेत जम्मा भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्