तपाईँ सुन्दै हुनुहुन्छः

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

File Photo

डोटी । निर्वतमान मन्त्री प्रेमबहादुर आलेले काठमाडौँका अस्पतालमा उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु १० हजार उहाँले सहयोग गर्नुभएको छ ।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थ भावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुग्नु भई सहयोग गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button