आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ ।
महानगरले आज (शुक्रबार) देखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको जनाएको हो ।
आजदेखि काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्