तपाईँ सुन्दै हुनुहुन्छः

तीन साहित्यकारलाई भारतीय अवार्ड

दमक। झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको हो ।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पु¥याएवापत उहाँहरूलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकेडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुनुहुन्छ । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गदै आउनुभएको छ ।

पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष

कमल गाउँपालिका–७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पितृको स्मृतिमा रु एक लाख ५० हजार ५५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीयवासी शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उहाँका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा बिहीबार एक संक्षिप्त कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम दाता परिवारकी छोरी अमृता केरुङले विद्यालयका प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित आठ वटा अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button