झापामा एक वर्षमा लागुऔषध मुद्दामा ३०७ जना पक्राउ

भद्रपुर, झापा । झापामा आर्थिक वर्ष ०७७/०७८ मा लागुऔषध मुद्दामा ३०७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या निकै बढी रहेको झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो ।
लागुऔषध प्रयोग एवम् कारोबारमा विद्यार्थी युवाको सङ्ख्या धेरै रहेको तथ्याङ्कले देखाएको छ । आ.व. ०७७/०७७ मा उच्च शिक्षा हासिल गरेका १०२ जना युवा लागुऔषध मुद्दामा पक्राउ परेका छन् । अघिल्लो वर्ष त्यस्ता युवाको सङ्ख्या ३४ थियो । प्रतिशतमा यो सङ्ख्या ६६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
लागूऔषध प्रयोग र कारोबारमा महिलाको सङ्ख्या न्यून रहे पनि पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसारमा महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्