एमाले विभाजित, नेता नेपालद्वारा नयाँ दल दर्ता

काठमाडौँ । माधव नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएको छ । नेकपा एमालेका ५८ जना केन्द्रिय सदस्यको नामावली सहित नयाँ दल एमाले समाजवादी दर्ताको लागि निवेदन दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
अब दलले मान्यता पाएपछि नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । मङ्गलवार मन्त्री परिषद्ले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे पनि आज बुधवार मात्र अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता प्रक्रिया अघि बढेको हो ।








प्रतिक्रिया राख्नुहोस्