तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबै रिट निवेदन खारेज

File photo


काठमाडौँ । सर्वोच्च अदालतले दोस्रो प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबै रिट निवेदन खारेज गरेको छ । 

आज संवैधानिक इजलासले दोस्रो प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबै २९ वटै रिट खारेज गरेको हो । 

सर्वोच्चमा प्रतिनिधिसभा विघटन बदर गरी प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नियुक्त हुनुपर्ने जिकिर सहित २५ रिट निवेदन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुपर्ने जिकिर लिएका ४ वटा रिट निवेदन परेको थियो । 

विघटन विरुद्ध दायर भएको रिटमध्ये तत्कालीन समयमा संवैधानिक इजलासले शेरबहादुर देउवासहित १४६ सांसदको निवेदनको सुनुवाइ गर्दै असार २८ गते सो रिटमा फैसला सुनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button