तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर बेलभञ्ज्याङमा एक युवकको मृत्यु भएको छ । जिल्लाको बन्दिपुर–१ बेलभञ्ज्याङका २४ वर्षीय सन्तोष क्षेत्रीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नयाँ घरमा मोटर लगाएर पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘करेन्ट लागेर क्षेत्रीको हात डढेको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button