तपाईँ सुन्दै हुनुहुन्छः

डा. केसीका पूर्वघोषित कार्यक्रम स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आउनुभएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गर्नुभएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशन लगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिनुभयो । सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डा केसीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानूनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अगाडि बढाइने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button