तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक : अध्यादेश फिर्ता लिई तत्काल संसद्को अधिवेशन बोलाउन माग

काठमाडौँ । नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले सरकारले ल्याएको राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिई तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेको छ । 

संसद् भवन नयाँ बानेश्वरमा बसको बैठकले जारी अध्यादेशले दशलाई राजनैतिक अस्थिरता तर्फ लैजाने भन्दै फिर्ता लिन माग गरेको हो । 

यस्तै बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा बेलायतमा अनसनरत भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारसँग माग गरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button