तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको सुरु

रुपन्देही । आजदेखि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको सुरु हुन लागेको छ ।प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मङ्गलवार १ बजे बस्ने गरी नवौँ अधिवेशन आह्वान गर्नुभएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने चर्चा भएपनि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले पहिलो दिनमै विश्वासको मत लिने कार्यसूची नभएको बताउनुभयो । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची छ ।मुख्यमन्त्री केसीले हिउँदे अधिवेशन सुरु भएको एक हप्ताभित्रै विश्वासको मत लिने बताउनुभएको छ । उहाँले मुख्यमन्त्रीको पद सम्हालेपछि अधिवेशन सुरु हुने बित्तिकै विश्वासको मत लिने बताउनुभएको थियो ।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।  नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले पहिलो दिन शुभकामना दिने मात्र कार्यसूची रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button