तपाईँ सुन्दै हुनुहुन्छः

बन सम्बन्धी र लागु औषध मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बन र लागु औषध मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । 

बन सम्बन्धी र काठ चोरी मुद्दामा २४ वर्षदेखि फरार रहेका जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं ४ खस्राङ बस्ने ५८ वर्षीय नन्दबहादुर गुरुङलाई प्रहरीले  गत शुक्रवार पक्राउ गरेको हो ।

गुरुङलाई जिल्ला अदालत तनहुँले १ वर्ष १ महिना कैद र रु ४७ हजार ६०५ जरिवाना तोकेको थियो । २०५४ पुस २४ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले लागु औषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । 

जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं ४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

आलेलाई अदालतले ९ महिना २५ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो । 

२०७६ जेठ २६ गतेदेखि आले फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button