पाल्पामा विगर दुर्घटना एघार जना घाइते
पाल्पा । पाल्पामा विगर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काठमाडौँबाट तानसेन ६ कुनसरे तर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विगर दुर्घटना भएको छ । आज बिहान १० बजेको समयमा बाँसटारी झडेवा सडक खण्डको सालघारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते हुनेहरूमा चालक तानसेन ६ का सोम राना, तानसेन ७ कुनसरेका नरबहादुर कुमाल,सोही स्थानका विक्रम गैरे,प्रेमबहादुर बाकवल,हुमबहादुर सारु,विक्रम नेपाली,अर्जुन पल्ली,सोम बहादुर न्यौपाने,योगेश सारु,पवन कुमार गाहा,सन्तोष गैरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्