तपाईँ सुन्दै हुनुहुन्छः

चिनको नानिङ नगरद्धारा पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग

पोखरा । पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको चिनको नानिङ नगरले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महानगलाई हस्तान्तरण गरेको हो ।

सोमबार पोखरा महानगरपालिकामा आयोजित कार्यक्रममा सामग्री ल्याउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने चिन ओभरसिज एसोसिएसनका अध्यक्ष साङ, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

डिस्पोजल मेडिकल मास्क, ग्लव्स, मेडिकल प्रोटेक्टिभ क्लोथिङ लगायत करिब २० लाखको स्वास्थ्य सामग्री रहेको परिषद्का अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।उपप्रमुख गुरुङले पोखरामा दिनानुदिन संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराउने चिनको नागिन नगरलाई धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्री आवश्यकताको आधारमा प्रयोग गरिने जानकारी दिनुभयो ।

चिनको नागिन शहरका प्रतिनिधि सन्देश चाइनिजले स्वास्थ्य सामग्री सडक मार्ग हुँदै पोखरा ल्याइएको बताउनुभयो ।उक्त कार्यक्रममा पोखरा ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा ६ का अध्यक्ष जगत बहादुर पहारी, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button