तपाईँ सुन्दै हुनुहुन्छः

जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

file photo

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो सर्त भएकाले नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर बन्न प्रहरीलाई निर्देशन दिनुभएको छ । 

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आज आयोजित भर्चुअल कार्यक्रममार्फत मन्त्री खाँणले सरकार र प्रहरीबिचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न प्रहरी अधिकृत तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । 

मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो । 

गृहमन्त्री खाँणले आजै प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेस्कको निरीक्षण गरी त्यहाँको गतिविधिबारे जानकारी लिनुभएको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button