तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । आइतबार नेपाली शेयर बजारको कारोबार रकमले नयाँ रेकर्ड निर्माण भएको छ । यस दिन बजारको कारोबार करिब २२ अर्ब नजिक पुगेको छ । यस दिन बजारको नेप्से सूचक भने उतारचढाव सहित अन्तिममा घटेको छ ।


यस दिन नेप्से सूचक २४.८८ अङ्कले घटेर ३१५४.०३ विन्दुमा झरेको छ । आइतबार २२२ वटा कम्पनीहरूका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयरहरू २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च नयाँ रेकर्ड हो ।


यस दिन उत्पादन तथा प्रशोधन उपसमूह र माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य बढेको छ भने १० उपसमूहको सूचक नकारात्मक भएको छ ।


आइतबार नेपाल बैङ्कको मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button