परिवर्तनका लागि युवा परिषद्द्वारा पुस्तकालय स्थापना
बारा । बाराको निजगढ पुस्तकालयको स्थापना भएको छ ।
परिवर्तनका लागि युवा परिषद् र स्थानीय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समूहको सहयोगमा नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुस्तकालयको उद्घाटन गर्नुभएको थियो ।
पुस्तकालयमा हेटौँडा पुस्तकालय अभियानले ५० हजार बराबरको १ सय ५३ थान पुस्तक निजगढ पुस्तकालयलाई हस्तान्तरण गरेको छ ।
विगत ४ वर्षदेखि निरन्तर रूपमा रचनात्मक कार्यक्रमहरू सरसफाइ अभियान, वृक्षारोपण अभियान, विविध अन्तरक्रिया कार्यक्रम, बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण अभियान लगायत महत्त्वपूर्ण कार्य गर्दै आइरहेको परिवर्तनका लागि युवा परिषद्ले निजगढ वडा न.६ मा स्थानीय वडाको सहकार्य र हेटौँडा पुस्तकालय अभियानको सहयोगमा निजगढको सडक टोल चोकमा पाना पुस्तकालय स्थापना गरेको हो ।
निजगढ वडा न.६ का बाल बालिका, युवा, शिक्षक तथा समाजका नागरिकहरूमा स्कुलको पाठ्यक्रम बाहेक अन्य महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक, साहित्यिक, इतिहास, महापुरुष र विश्व प्रसिद्ध व्यक्तिहरूको जीवन गाथासँग सम्बन्धित पुस्तहरूको ज्ञान बाँड्ने उद्देश्यका साथ निजगढमा पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषद्का सचिव बालकृष्ण हुमागाईँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्