तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग परिसङ्घद्वारा मौद्रिक नीतिप्रति प्रसन्नता व्यक्त

काठमाडौँ । नेपाल उद्योग परिसङ्ले आफूहरूले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रसन्नता व्यक्त गरेको छ । 


मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्ले जनाएको छ ।

 
परिसङ्ले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्ने उल्लेख गरेको छ । 


एउटै बैङ्कले ऋण दिन सक्ने सीमा वृद्धि, विपन्न वर्ग कर्जा गणनामा विस्तार, साना र मझौला व्यवसायीको ऋणमा सीमा निर्धारण गर्ने व्यवस्था सकारात्मक रहेको परिसङ्घको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button