तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवा ग्लाडियटर्सद्वारा श्रीलङ्काली क्रिकेटर चण्डिमल अनुबन्धित

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (EPL) को फ्रेन्चाइज भैरहवा ग्लाडियटर्सले श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याट्सम्यान दिनेश चण्डिमललाई अनुबन्धित गरेको छ । 


विदेशी खेलाडीको रुपमा चण्डिमललाई अनुबन्धित गरेको क्लबले प्रशिक्षकमा पुबुदु दासानायकेलाई निरन्तरता दिएको छ ।


चन्डिमल श्रीलङ्काको टी २० आई टोली कप्तानी गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सम्झौतापछि चण्डिमलले एभरेस्ट प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।


चण्डिमलले ६२ टेस्ट खेलमा श्रीलङ्काको प्रतिनिधित्व गरिसकेका छन् ।


उनले १ सय ४९ अन्तर्राष्ट्रिय एक दिबसीय र ५७ अन्तर्राष्ट्रिय टी ट्वान्टीमा श्रीलङ्काका लागि खेलिसकेका छन् । 


सन् २०१४ मा श्रीलङ्काले बङ्गलादेशमा टी २० विश्वकप जित्दा चण्डिमल टोलीका सदस्य थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button