आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाइ सर्यो

काठमाडौँ । सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।
न्यायाधीश द्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाइ गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नुभएको रहेछ । त्यसले गर्दा उक्त मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।
रौतहट जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।
उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।








प्रतिक्रिया राख्नुहोस्