तपाईँ सुन्दै हुनुहुन्छः

विधेयकसम्बन्धी सन्देश टेबल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो ।  

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button