तपाईँ सुन्दै हुनुहुन्छः

‘तपाईँको मास्क खोइ?’ अभियानमा देशभरिका प्रहरी

काठमाडौँ । कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका बेला ट्राफिक प्रहरीले ७७ वटै जिल्लामा “तपाईँको मास्क खोइ” अभियान सञ्चालन गरिरहेको छ । 

ट्राफिक व्यवस्थापन सहज बनाउँदै जनचेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीले जिउमा तपाईँको मास्क खोइ भन्ने लेखिएको ठुलो रिबन लगाएर उपत्यकाका चोक चोकमा र  देशभर यो अभियान सञ्चालन गरेको हो । 

एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नबाट बचाउन मास्कले रोक्ने भएकाले सडकमा यात्रा गर्ने निजी तथा सार्वजनिक यातायातका चालक, यात्रु, पैदल यात्रु लगायतलाई ट्राफिक प्रहरीले मास्क प्रयोग अनिवार्य गरेको हो । 

नेपालमा दश हजार बढीको ज्यान गइसकेको कोरोना महामारीबाट बच्ने उपायका लागि उचित तरिकाले मास्क लगाउनु, मिचिमिची साबुन पानीले हात धुनु, भौतिक दुरी कायम गर्नुजस्ता चेतनामूलक कार्यक्रम उपत्यकाका ३ सय ३६ वटा चोकमा रिबन भिरेर ट्राफिक प्रहरीले गरिरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताउनुभयो । 

प्रवक्ता दासले भन्नुभयो ‘रातो बत्ती बलेको बेला ९० सेकेन्डको समयमा पनि गाडिभित्र गएर अनुगमन गर्छौ, क्षमताभन्दा बढी यात्रु भएकालाई उतारेका पनि छौ, मास्क वितरण पनि गरेका छौ । 

सार्वजनिक यातायातमा मास्क लगाएको नलगाएको ट्राफिक प्रहरीले अनुगमन गर्ने र नलगाएका यात्रुलाई मास्क वितरण गर्ने, चिउँडोमा र नाकमुनी मास्क लगाउनेलाई सचेत गराउने कार्य पनि ट्राफिक प्रहरीले गरिरहेको प्रवक्ता दासले बताउनुभयो । 

‘तपाईँको मास्क खोइ भन्ने लेखिएको रिबन यात्रुहरूले देख्नुहुन्छ, कतिपयले चिउँडो मुनी लगाएको मास्क हतार हतार माथि तान्नुहुन्छ, कतिपयले तुरुन्त झिकेर लगाउनुहुन्छ , कतिपय व्यक्तिसँग मास्क नै हुँदैन, उहाँहरूलाई लगाउनुस् भनेर मास्क दिन्छौ धन्यवाद भन्दै खुसी हुनुहुन्छ ।‘ 

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले   सवारी साधन र मानिसको भिडभाड हुने कोटेश्वरमा सवारी साधनको सहजीकरण गर्दै दुर्घटना न्यूनीकरण, माइकिङका साथ मास्क नलगाउनेलाई मास्क वितरण गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै, सवारी साधनमा भौतिक दुरी कायम भएको छ छैन, स्यानिटाइजर, मास्क गाडीमा राखिएको छ कि छैन, भाडादर यात्रुले देखिने गरी टाँसिएको छ कि छैन अनुगमन गर्ने, गाडीको अगाडि नो हर्न लेखिएको स्टिकर टाँस्ने जस्ता काम गरिरहेको बताउनुहुन्छ महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण देवकोटा । 

प्रहरी निरीक्षक देवकोटाले भन्नुभयो ‘तपाईँको मास्क खोइ भन्ने लेखिएको रिबन यात्रुहरूले देख्नुहुन्छ, कतिपयले चिउँडो मुनी लगाएको मास्क हतार हतार माथि तान्नुहुन्छ, कतिपयले तुरुन्त झिकेर लगाउनुहुन्छ , कतिपय व्यक्तिसँग मास्क नै हुँदैन, उहाँहरूलाई लगाउनुस् भनेर मास्क दिन्छौ धन्यवाद भन्दै खुसी हुनुहुन्छ ।‘ 

उपत्यकामा १५ सय ट्राफिकमध्ये ९ सय ट्राफिक प्रहरीले तपाईँको मास्क खोइ लेखिएको रिबन शरीरमा लगाई ट्राफिक व्यवस्थापन सहज बनाउनुका साथै कोरोना सङ्क्रमणबाट बच्न सचेतना अभियान पनि चलाइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button