डडेलधुराका एक व्यापारीमाथि चक्कु प्रहार
डडेलधुरा । डडेलधुराका एक व्यापारीमाथि बिहीबार राति चक्कु प्रहार भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवाका व्यापारी खेमराज अवस्थीमाथि चार पाँच जनाको समूहमा आएका युवाहरूको चक्कु प्रहार गरेका हुन ।
नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलका सञ्चालक रहेको जिल्ला पहरी कार्यालय डडेलधुराले जनाएको छ ।
घाइते अवस्थीलाई डडेलधुरा अस्पतालमा भर्ना गरिएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छ भने पसलमा समेत तोडफोड गरिएको छ ।
गए राति स्थानीय युवकहरूको टोलीले रक्सी महँगो विक्री किन गर्छस् भन्दै उक्त समूहमा आएका युवकहरूले एकाएक उनलाई कुटपिट गरी पसल समेत तोडफोड क्षति पुर्याएका थिए ।
स्याउले अस्थायी प्रहरी पोष्ट घटनास्थल पुगेर मुचुल्का उठाई कुटपिटमा संलग्नहरूको खोजी कार्य गरिरहेको छ ।
घटनामा संलग्नहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको र उनीहरूमाथि कानुनी कारबाही गरिने डडेलधुरा पहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेन्दबहादुर चन्दले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्