तपाईँ सुन्दै हुनुहुन्छः

महिला जनप्रतिनिधिका लागि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन

डडेलधुरा । डडेलधुराको नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूका लागि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम आजबाट डडेलधुरामा शुरु भएको छ ।

दलित महिला सङ्घ (फेडो) डडेलधुरा शाखाको आयोजनामा दुवै पालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकासका साथै व्यक्तिगत क्षमता अभिवृद्धिका लागि तालिम शुरु भएको हो ।  

दलित महिला सङ्घ (फेडो) डडेलधुरा शाखाकी कार्यक्रम संयोजक सुनिता गैरेले महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्दै उनीहरूको निर्णायक भूमिका बढाउन तालिमको आयोजना गरिएको बताइन् । 

दुवै गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको तालिमको सहजीकरण नेपाल बार एशोसिएसन जिल्ला अदालत बार इकाईका पूर्व अध्यक्षद्वय अधिवक्ता रोहित देउवा र विष्णु भट्ट, पत्रकार राम धामी र दलित महिला सङ्घ (फेडो) डडेलधुरा शाखाकी सचिव अञ्जु गैरेले गरिरहेका छन् । 

तालिममा सहभागीहरूले महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धि हुन सकेमा मात्रै सार्थक र निर्णायक भूमिका बढ्न सक्ने विश्वास व्यक्त गर्दै महिलाहरूका समस्या सम्बोधन गर्न तालिम प्रभावकारी हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button