चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

बीरगंज । बीरगंजबाट पर्सा प्रहरीले ४ वडा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा प्रसोतिपुरमा छापामारी चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडीको खाली जग्गा लुकाइछिपाई राखेको अवस्थामा स्थानीय २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको छ ।
अभियुक्तहरूले बा४२प ५२६३ नम्बर, ना१६प ३३६७ नम्बरको पल्सर मोटरसाइकल, ना१४प ८४ नम्बरको प्यासन प्रो र ग१प ७८९४ नम्बरको आरएक्स यामाहा मोटरसाइकल चोरी गरी लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
अभियुक्तहरूलाई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्