अविरल वर्षाका कारण धनगढीसहित आसपासका क्षेत्र जलमग्न
धनगढी । अविरल वर्षाका कारण कैलालीको धनगढीसहित आसपासका क्षेत्र जलमग्न भएको छ ।
निरन्तर वर्षा भइरहेकाले पानीको उचित निकास नहुँदा धनगढी उपमहानगरपालिका क्षेत्रको अधिकांश बस्ती जलमग्न भएका छन् । नगर क्षेत्रको शिवनगर, बिशालनगर, बसपार्क क्षेत्र डुबानमा परेको छ ।
यसैगरी बिद्युत् प्राधिकरणसहित सरकारी कार्यालयदेखि मुख्य बजार जलमग्न हुँदा आवागमनमा समस्या भएको छ ।
वर्षापछि बस्तीमा पानी पसेपछि धनगढी नगर क्षेत्रका दर्जन बढी घरको सरसामान सुरक्षित स्थानमा सारिएको र डुबान क्षेत्रमा सुरक्षाकर्मी खटिगएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैगरी जिल्लाको दक्षिण पूर्वी क्षेत्र भजनी, लालबोझी, हसुलिया, पवेरा लगायतका क्षेत्रमा पानीको सतह बढीरहेकाले तटीय क्षेत्रका स्थानीयवासी लाई सतर्क रहन भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्