तपाईँ सुन्दै हुनुहुन्छः

५४ हजार रकम सहित ८ जना जुवाडे पक्राउ

धनगढी।कैलालीको गोदावरी नगरपालिका १ मनहराबाट प्रहरीले ५४ हजार रकम सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय खडक खड्का, गणेश मणै, कृष्णबहादुर बिष्ट, दुर्गादत्त भट्ट, एकेन्द्र देउवा, प्रदिप पन्त, दिर्घराज अवस्थी, महेन्द्र थापा रहेका छन् ।पसलमा जुवा तास भइरहेको सूचना पाएर खटिएको प्रहरी टोलीले गयराती उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले जुवा खालबाट ५४ हजार ७ सय ४० रुपैयाँ र ७ गड्डी तास समेत बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button