तपाईँ सुन्दै हुनुहुन्छः

मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी। भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको से १ ख ८५१ नम्बरको ट्रक गोदावरीमा दुर्घटना हुँदा चालक बैतडीको सिगास गाउँपालिका ५ का रामसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते महराको गयराती सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बत्ताइएको छ । ब्रेक फेल भएर ट्रक सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button