अछाममा ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिए
अछाम।अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
नगरपालिकाको वडा नम्बर २ माणुका ५५ वर्षीय महाजित धामी मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेको माणुको मन्दिर भन्दा ठिक एक सय मिटर तल कोदो बारीमा बेवारिसे अवस्थामा शव भेटिएको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्यालले जानकारी दिनुभयो ।
साउन २६ गते घरबाट गोठतिर बस्तुभाउ हेर्न भनी गएका उहाँको बिहीबार दिउसो शव फेला परेको हो । “शव हेर्दा २/३ दिन अगाडिको हुन सक्ने अनुमान गरिएको छ, थप कुरा पोस्टमार्टम रिपोर्टबाट पत्ता लाग्ला हामीले अनुसन्धान शुरु गरिसकेका छौँ” घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज भरत रोकाएले बताउनुभयो ।
शवको पोष्टमाटमका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको र पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको अछाम प्रहरी प्रमुख डिएसपी अर्यालको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्